राजनीति

शिक्षा सेवा आयोगमा पदाधिकारी नियुक्त गर्ने सरकारको तयारी


काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले शिक्षा सेवा आयोगमा पदाधिकारी नियुक्त गर्ने तयारी गर्नुभएको छ । ६ महिनादेखि पदाधिकारीविहीन बनेको आयोगमा मन्त्रिपरिषद्ले आजै पदाधिकारी नियुक्त गर्ने तयारी गरेको मन्त्रालयका एक अधिकारीले जानकारी गराएका हुन् ।

आयोगमा लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीसहितको तीन सदस्य सिफारिस समितिले पूर्वशिक्षा सचिव मधु रेग्मीलाई अध्यक्ष, पूर्व शिक्षा सहसचिव डिल्लीराम रिमाल र पूर्वप्रधानाध्यापक नन्दकुमारी महर्जनलाई सदस्यमा रूपमा सिफारिस गरेको थियो ।

सिफारिसमा अनियमितता भएको भन्दै तत्कालीन शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले नियुक्तिको सट्टा छानबिन गर्न निर्देशन दिएका थिए ।