देश

गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत उपलब्ध गराउछौं : पम्फा भुसाल


काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत उपलब्ध गराउने बताउनुभएको छ । सोमबार सिंहदरवारस्थित आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरी उहाँले गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत दिनुपर्छ भनेर आफूले गृहकार्य गरिसकेको जानकारी समेत दिनुभयो ।

मन्त्री भुसालले गरिबीमा रहेका जनतालाई निःशुल्क विद्युत दिने अवधारणा अघि सारेपनि निर्णय भने भईनसकेको स्पष्ट पार्नु भयो । मन्त्री भुसालले विद्युत महसुल सस्तो बनाउने योजना पनि अघि सार्नु भयो ।

मन्त्री भुसालले विद्युत उत्पादन बढाउन निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने बताउनु भयो । त्यसैगरी उहाँले ट्रान्समिसन लाईन निर्माणको काममा तीव्रता दिने पनि बताउनुभयो ।