राजनीति

पार्टी आधिकारिकता निर्वाचन आयोगले होइन जनताले दिने हो : राजेन्द्र महतो


काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)का कार्यकारिणी सदस्य राजेन्द्र महतोले निर्वाचन आयोगले जसपा फुटाएको आरोप लगाउनुभएको छ । आफूहरुले पार्टी विभाजनको माग नगरे पनि निर्वाचन आयोगले भने पार्टी विभाजन गराएको महतोले आरोप लगाउनुभएको हो । उहाँले भन्नुभयो, ‘पार्टी आधिकारिकता निर्वाचन आयोगले होइन जनताले दिने हो,’।

आयोगमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै महतोले भन्नुभयो, ‘दल जनताबाट निर्माण हुने हो । ५१ जनामात्र दल होइन भन्ने सम्पूर्ण नेपाली जनताले बुझेका छन् । हामीले विभाजनका लागि प्राविधिक काम यहाँ गर्यौँ, यो दूर्भाग्यपूर्ण काम हो ।’

पार्टीमा आधिकारिकताका लागि यतिबेला निर्वाचन आयोगमा पार्टीका कार्यकारिणी सदस्यहरुको सनाखत चलिरहेको छ । यसबारे निर्वाचन आयोगको आधिकारिक फैसला आउन भने बाँकी छ ।