राजनीति

कडा सुरक्षाकाबीच रेशम चौधरी पुगे निर्वाचन आयोग


काठमाडौँ – डिल्लीबजार कारागारमा रहेका जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य रेशम चौधरी निर्वाचन आयोग पुगेका छन् । जसपाका केन्द्रीय कार्यकारिणी सदस्य चौधरीले उपेन्द्र यादव समूहका लागि हस्ताक्षर गर्ने बुझिएको छ । जसपाको आधिकारिकता विवाद निरुपणका लागि निर्वाचन आयोगले हस्ताक्षर सनाखत गर्न सबै केन्द्रीय कार्यकारिणी सदस्यलाई सोमबार बोलाएको थियो ।

नेता चौधरी सोमबार दिउँसो कडा सुरक्षाका बीच आयोग पुगेका थिए । अध्यक्ष उपेन्द्र यादव समूहका नेताहरुले चौधरी आफ्नै समूहमा रहेको प्रतिक्रिया दिँदै आएका छन् । चौधरीले आफूले पार्टीका अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरसँग सल्लाह गरेर हस्ताक्षर गर्ने बताएका छन् ।