राजनीति

नेपाल समूहको स्थायी कमिटी बैठक जारी



काठमाडौँ –नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक बानेश्वरस्थित एक ब्याङ्क्वेटमा बसिरहेको छ । आज बसेको नेपाल समूहको बैठकलाई अर्थपूर्ण मानिएको छ ।

सत्तारुढ गठबन्धनले यो समूहलाई सरकारमा सहभागी हुन आग्रह गर्दै आएको छ । तर एमालेको एकता प्रक्रिया चलिरहेकाले यो समूह सरकारमा सहभागी भएको छैन । माधव नेपाल समूहको पर्खाइमा प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारलाई पूर्णता दिनुभएको छैन ।

कार्यदलमा रहेका नेताहरुले एकताको दश बुँदे सहमति जुटाए पनि कार्यान्वयन हुन सकेको छैन । अध्यक्ष केपी शर्मा ओलीले एक पक्षीय स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक राखेको छ भने माधव समूहले पनि आफ्नो समूहले गुटगत गतिविधि रोकेको छैन ।

नेता नेपाल समूहले पिपुल्स भोलिन्टियर्स र अखिल फोर्स बनाएको छ भने ओली समूहले युथ फोर्स ब्युँताएर गतिविधि गरिरहेको छ ।