राजनीति

आत्मालोचना गरेर आए अझै पनि पार्टीमा ठाउँ छ : उपेन्द्र यादव



काठमाडौँ – जसपाका अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्थ ठाकुरलाई घोक्र्याएर नपठाएको टिप्पणी गर्नुभएको छ ।

पार्टी आधिकारिकता विवाद निरुपणका लागि सनाखत गर्न निर्वाचन आयोग पुग्नुभएका यादवले महन्थ ठाकुर आफैं बाटो बिराएर हिँडेको आरोप लगोउनु भएको हो । आफुहरुले अध्यक्ष बनाइदिएको ,अरु धेरै मौका दिदापनि महन्थ ठाकुरले आफैं बाटो बिराएर गएको आरोप लगाउनुभयो ।

उँहाले ५१ जना कार्यकारिणी सदस्यमध्ये आफ्नो पक्षमा ३४ जनाले हस्ताक्षर गरिसकेको दाबी गरेको र अहिलेसम्म आफ्नो पक्षमा ३४ जनाले सनाखत गरिसक्नुभएको बतउनुभयो ।

उहाँले महन्थ ठाकुर पार्टीमा आउन चाहे जतिबेला पनि आउन सक्ने बताउनुभयो । आत्मालोचना गरेर आए अझै पनि पार्टीमा ठाउँ रहेको अध्यक्ष उपेन्द्र यादवलेछ बताउनुभयो ।