राजनीति

वरिष्ठ नेता पौडेल प्रचण्ड निवासमा, सीताको स्वास्थ्यबारे जानकारी लिए


काठमाडौँ – नेपाली कांग्रेसा वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकप माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्यबारे अवस्था बुझ्नु भएको छ । आज बिहान प्रचण्ड निवास खुमलटार पुगेर पौडेलले सीता दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी लिनु भएको हो ।
पौडेल प्रचण्डको निवास पुगेको उनकी छोरी गंगा दाहालले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराइन् । विगत लामो समयदेखि प्रचण्डकी पत्नीको स्वास्थ्यमा समस्या आएको छ । यसअघि दाहाललाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा पनि पुग्नुभएको थियो । त्यस्ते कांग्रेस नेता गोपालमान श्रेष्ठले पनि दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको थियो ।