देश

पार्किङ गरेर राखेको बसमा अज्ञात समूहद्वारा आगजनी


काठमाडौँ – दाङको तुलसीपुरस्थित कालाखोलामा पार्किङ गरेर राखेको बसमा अज्ञात समूहले आगजनी गरेको छ ।


गएराति घोराही–तुलसीपुर सडक खण्डको कालाखोला नजिक सडकमा पार्किङ गरेको रा १ ख १८९२ नम्बरको बसमा आगजनी भएको प्रहरीले जनाएको छ । उक्त बसमा मध्य राति अज्ञात समूहले आगो लगाएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख श्याम अर्यालले बताए ।