विदेश

भारतमा चट्टानी पहिरो जाँदा ९ जनाको मृत्यु


काठमाडौँ – भारतको हिमाञ्चल प्रदेशमा भयानक चट्टानी पहिरो जाँदा ९ जनाको मृत्यु भएको छ । पहिरोबाट झरेको भीमकाय चट्टानमा परेर हालसम्म ९ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

मृत्यु हुनेमा ९ जना मध्ये सात जना पर्यटक रहेको जनाइएको छ । त्यस्तै हालसम्म ४ जना घाइते भएको भारतिय संचारमाध्यमहरुले जनाइएको छ । माथिबाट तेज गतिमा झरेको ढुंगाले एउटा पुल पनि भाँचिएको छ ।