राजनीति

जसपाको आधिकारिकताबारे आज टुंगो लाग्दै


काठमाडौँ – आज निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को बढ्दो आधिकारिकताका विषयमा आज निर्णय गर्न केन्द्रीय कार्यकारिणी समितिका सदस्यलाई निर्वाचन आयोग बोलाएको छ । ले टंगो लगाउदै छ । आयोगले पार्टीको आधिकारिकता विवादको विषयमा टुंगो लगाउन कार्यकारिणी समितिका सदस्यहरूको टाउको गनेर निर्णय गर्न कार्यालय बोलाएको हो ।

आयोगले जसपा विवाद समाधानको लागि कार्यकारिणी सदस्यको ‘हेड काउन्ट’ गरी आज पार्टी आधिकारितासम्बन्धी निर्णय गर्ने भएको छ। पार्टी आधिकारिकताबारे विवाद भएपछि सुनुवाइ गरिरहेको आयोगले साउन ११ का लागि कार्यकारिणी सदस्यलाई हस्ताक्षर सनाखतका लागि आयोग बोलाएको थियो । आयोगले निर्णय गर्नुपूर्व दुवै पक्षका कार्यकारिणी समितिका सदस्यलाई नागरिकतासहित बोलाएको हो।

उपेन्द्र यादव पक्षले आइतबारदेखि नै आफू निकट कार्यकारिणी समिति सदस्य तथा सांसदलाई गोदावरी भिलेज रिसोर्टमा राखेर प्रशिक्षण दिएको छ । संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराई, अध्यक्ष यादव र वरिष्ठ नेता अशोक राई लगायतले प्रशिक्षण दिएका थिए । आइतबारको बैठक राति अवेरसम्म चलेकाले उनीहरूलाई रिसोर्टमै राखिएको र सोमबार पुनः बैठक बसी सिधै निर्वाचन आयोग लैजाने तयारी गरिएको स्रोतले जनाएको छ ।

यादव पक्षले आफूहरूसँग कार्यकारिणी समितिका ३३ सदस्य र २१ जना सांसद रहेको दाबी गरेको छ । यता ठाकुर पक्षले पनि आइतबार नै आफ्नो पक्षको बैठक राखेको थियो। बैठकमा आयोगको सम्भावित निर्णय तथा त्यसपछिको रणनीतिबारे छलफल भएको स्रोतले जनाएको छ ।

संसदीय दलमा बलियो रहेको ठाकुर समूह अहिले आएर कमजोर भएको देखिएको छ । कमजोर देखिएको ठाकुर पक्षले सर्वोच्चमा हेडकाउन्ट रोक्न अन्तरिम आदेश माग गरेका थिए भने सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरिदिएको छ ।

पार्टीको आधिकारिकता विवादमा आयोगले कार्यकारिणी सदस्यहरूको टाउको गनेर निर्णय गर्न लागेको भन्दै महन्थ ठाकुर पक्ष भने त्यसको विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गर्न पुगेका थिए । तर, अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरिदियो। आइतबार सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको इजलासले ठाकुरको मागबमोजिम अन्तरिम आदेश नदिने निर्णय गरेको हो।