राजनीति

कांग्रेसको महाधिवेशन सार्ने तयारी, प्रधानमन्त्री भएकै बेला गरे जित्ने देउवाको आश


काठमाडौँ – साउन १२ गते हुने वडा अधिवेशन स्थगित भएसँगै नेपाली कांग्रेसको १४ औं महाधिवेशन नै अनिश्चित बनेको छ ।

क्रियाशिल सदस्यता सम्बन्धी विवाद नटुङगिएपछि नेपाली कांग्रेससले वडा अधिवेशनसहित केन्द्रीय महाधिवेशन तलका सबै अधिवेशनस्थगित गरेको हो । अब तोकिएकै मितिमिा होला त महाधिवेशन ?

पूर्वनिर्धारित कार्यतालिका अनुसार क्रियाशिल सदस्यताको विवाद सुल्झाउन नसक्दा सत्तारुढ दल नेपाली कांग्रेसको यहीँ साउन १२ मा तोकिएको वडा अधिवेशन शनिबार स्थगित गरियो । पदाधिकारी बैठकमार्फत वडा अधिवेशनमात्र स्थगित गरिएन, क्रियाशील सदस्यताको विवाद बढ्दै जाँदा केन्द्रीय महाधिवेशन तलका सबै अधिवेशन अर्को निर्णय नहुँदासम्मका लागि स्थगित गरिएको छ ।

अधिवेशन स्थगित गरेर नयाँ मितिसम्म तोक्न नसकेको कांग्रेसले अब कहिले महाधिवेशन गर्छ निश्चित छैन । तर साउन १२ मा क्रियाशिल सदस्यताको सुची पार्टी सभापतिलाई बुझाउने र केन्द्रीय महाधिवेशन तोकिएकै मितिमा गर्ने नेताहरु बताउँछन् ।

यसअघि वडा अधिवेशन साउन १२ मा, गाउँ÷नगरपालिकाको साउन १६, प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन २०, प्रतिनिधिसभाको एक निर्वाचन क्षेत्र भएको टाउँकोक्षेत्रीय अधिवेशन साउन २३, एकभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २६ र प्रदेश अधिवेशन भदौ १ र २ मा तोकिएको थियो ।
वडा तहको अधिवेशन स्थगित भएसँगै सबै तालिका प्रभावित भएको छ ।समयमा महाधिवेशन हुन नसक्नुका पछि क्रियाशील सदस्यताको विवाद सबैभन्दा ठूलो समस्या बनेको छ । विधानअनुसार महाधिवेशन हुनुभन्दा ६ महिनाअघि नै सदस्यताको वितरण र नवीकरण सक्नुपर्ने व्यवस्था छ । तर कांग्रेसमा महाधिवेशन आउन झण्डै एक महिना बाँकी रहँदासम्म विवाद सुल्झिएको छैन ।

नेतृत्वले औपचारिक रूपमा नभने पनि दोस्रो तहका नेताहरू भदौ १६ देखि १९ को मितिमा महाधिवेशन गर्न नसक्ने भन्दै विकल्प खोज्न थालेका छन् । विकल्प अनुसार भदौको पहिलो सातादेखि शुरु गरेर असोज भित्र सबै तहका अधिवेशन सम्पन्न गर्ने र कात्तिकमा केन्द्रीय तहको महाधिवेशन गर्ने गरी नेताहरुले सोच्न थालेका छन् ।

कांग्रेसमा सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा कार्यकाल लम्ब्याउन खोजेको गलत सन्देश नजावोस् भनेरमहाधिवेशन सार्ने पक्षमा छैनन् । सरकारको नेतृत्वसमेत आफैले गरेकाले महाधिवेशनमा आफु अनुकुल वातावरण हुने देउवाको मनशाय छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि तोकिएकै मितिमा महाधिवेशन हुनुपर्ने बताउँदै आएका छन् । तथापी महाधिवेशन हुन सक्ने छाँट वडा अधिवेशन स्थगित भएसंगै टुटेको छ । भदौ भित्र महाधिवेशन नभए वैधानिक संकट गुम्ने छ । संविधानले पाँच वर्षभित्र गर्न नसके कारण खुलाएर थप ६ महिना बढाउन सकिने व्यवस्था गरेको छ । भदौबाट संविधानले दिएको थप ६ महिनाको समय पनि सकिँदैछ ।

देशभर करीब एक सय बढी वडामा १३औं महाधिवेशनकै क्रियाशील सदस्यतालाई मान्यता दिने प्रतिवेदनसहित छानबिन समितिले क्रियाशील सदस्यको संख्या ८ लाख ५३ हजार पु¥याएको छ । त्यसमध्ये करीब १२ हजार नयाँ र समायोजनको सदस्यता स्थगन गरिएको छ भने ४० हजार जतिले सदस्यता नवीकरण गरेका छैनन् ।