कोरोना विशेष

विज्ञसँग सुझाव लिएर कोरोनाको तेस्रो लहर आउन नदिन पूर्वतयारीमा जुट्छु : राज्यमन्त्री श्रेष्ठ


काठमाडौँ – नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सरकारको पहिलो प्राथमिकता कोरोनाविरूद्धको खोप सबै नेपालीलाई लगाउने भएको बताउनुभएको छ ।

सिंहदरबारमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले खोप व्यवस्थापन नै पहिलो प्राथमिकतामा रहेको बताउनुभयो । ‘अहिले खोप व्यवस्थापन गर्नुछ। गरिबलाई स्वास्थ्य सेवा दिनुछ । खोप पहिलो प्राथमिकता हो,’ उहाँले भन्नुभयो, ‘कोरोनाको तेस्रो लहर आउन नदिन म विज्ञहरूसँग कुराकानी गरेर पूर्वतयारीमा जुट्छु ।’

त्यस्तै उहाँले नेपाल ल्याइसकिएका कोरोनाविरूद्धका खोप छिटो लगाउने र बाँकी खोप पनि सरकारले आयात गर्ने बताउनुभयो । काठमाडौँबाहिर पनि कोरोनाविरूद्ध खोप पठाएर व्यवस्थित तरिकाले लगाउन मन्त्रालयले भूमिका खेल्ने उहाँको भनाइ थियो । श्रेष्ठलाई आजै प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य राज्यमन्त्री नियुक्त गर्नुभएको थियो ।