विदेश

आठ हजार अफगान नागरिकलाई अमेरिकाले आफ्नो देशमा प्रवेश अनुमति दिने


काठमाडौँ – आठ हजार अफगान नागरिकलाई अमेरिकाले आफ्नो देशमा प्रवेश अनुमति दिने भएको छ । अमेरिकी संसदको तल्लो सदनले अफगानिस्तानमा आफ्ना सेनालाई सहयोग गर्ने नागरिकलाई अमेरिका प्रवेश अनुमति दिने विधेयक पारित गरेको हो ।

दुवै सदनले उक्त विधेयक पारित गरेसँगै अमेरिकाका लागि काम गरिरहेका र युद्धका कारण विस्थापित भएका नागरिकले अब बसोबासको अनुमति पाउने भएका छन् ।