काठमााडौँ – बुद्ध एअरले १७ साउनबाट पोखरा–नेपालगञ्ज सिधा उडान गर्ने भएको छ। शुरूआतमा साताको तीन दिन, आइतबार, बुधबार र शुक्रबार उडान भर्ने कम्पनीले जनाएको हो।
बुद्धले पोखराबाट बिहान ९ बजेर १० मिनेटमा र नेपालगञ्जबाट पोखरा १० बजे उडान भर्नेछ।
बुद्ध एअरले कोरोना महामारी रोकथामको लागि संक्रमणरहीत उडानमा प्रतिबद्ध रहेको जनाएको छ। कोरोना फैलिन नदिन बुद्धले यात्रुको सुरक्षाको लागि ‘कोभिडविरुद्ध सुरक्षा निर्देशिका’ पालना र पीपीई अनिवार्य गरेको छ। त्यस्तै जनशक्तिलाई नियमित तालीम दिइँदै आएको जनाएको छ।
बुध्द एअरको भगिनी संस्था बुद्ध होलिडेजले पोखरा, नेपालगञ्ज दुवै गन्तव्यका लागि ‘होलिडी प्याकेज’ पनि ल्याउने तयारी गरेको छ। बुध्द एअरसँग हाल ७२ सिटे एटीआर–७२ जहाज १० वटा, ४२ सिटे एटीआर–४२ जहाज ३ वटा र दुईवटा बीचक्राफ्ट जहाज छन्।
प्रतिक्रिया