राजनीति

युवा संघको कार्य प्रति अष्टलक्ष्मी शाक्यको चिन्ता


काठमाडौँ – केही दिन अगाडि एमालेको भातृसंगठन युवा संघले बाँदरको मुखुुण्डो लगाएर जुलुस निकालेको प्रति नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले प्रश्न उठानु भएको छ । उनले युवा संघको यस कार्य प्रति कम्युनिष्ट पार्टीभित्र हुर्किकएको संस्कारले आफूलाई चिन्ता लागेको पनि बताउनु भएको छ ।

शाक्यले आज तुल्सीलाल अमात्य भवनमा आयोजित कार्यक्रममा युवालाई बाँदरको रुपमा किन सडकमा उतारियो भन्दै प्रश्न गर्नुभयो । “कस्तो संस्कार हामीले हुर्कायौं । एउटा कम्युनिष्ट पार्टीको निर्णय र नेतृत्वबाट आएका युवाहरु देशका लागि केही गर्न चाहन्थे । अध्ययनशील, सिर्जनात्मक थिए । तर, बाँदरको रुप बनाएर सडकमा पर्छाने काम किन भयो ?” ।

शाक्यले युवालाई विस्थापति गर्ने गलत काम नेतृत्वबाट भइरहेको बताउनु भयो ।