समाचार

चीनबाट आठ लाख बढी डोज खोप आज आउँदै


काठमाडौँ – आज वायु सेवा निगमको जहाजले चीनबाट ‘भेरोसेल’ खोप ल्याउने भएको छ । नेपालले चीनसँग खरिद गरेको ‘भेरोसेल’ खोप नेपाल वायु सेवा निगमको जहाजले आज ल्याउने भएको हो । गएराति चीनतर्फ उडेको उक्त जहाज आज काठमाडौं आइपुग्ने निगमका महाप्रबन्धक डिमप्रसाद पौडेलले जानकारी दिए । भेरोसेल खोप लिएर आएको सोही जहाज फेरि खोप लिन आजै बेइजिङ उड्ने पौडेलको भनाइ छ ।

निगमले खोप ल्याउनका लागि बुधबार, बिहीबार र शनिबारका लागि नयाँ तालिका बनाएको छ । यसअघि गत असार २५ गते सरकारले पहिलो पटक आठ लाख ९ हजार ६०० डोज खोप ल्याएको थियो भने आज पनि सोही संख्यामा खोप ल्याउने बताइएको छ । सरकारले बाँकी थप तीन मेडिकल कार्गो उडानबाट जम्मा ४० लाख डोज खोप ल्याउने जनाएको छ । नेपाल वायुसेवा निगमको बाइडबडी ए ३३० जहाजले १७ हजार ६०० बक्स खोप एक पटकमा ढुवानी गर्ने छ । जसमा प्रतिवक्स ४६ डोज खोप हुने छ ।