कोरोना विशेष

कोरोना संक्रमणको सम्भावित तेस्रो लहरको तयारीमा जुट्न प्रधानमन्त्रीलाई १८ बुँदे सुझाव


काठमाडौँ – नेपाल जनस्वास्थ्य प्रतिष्ठानले कोरोना भाइरस संक्रमणको सम्भावित तेस्रो लहरसँग जुध्नका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई १८ बुँदे सुझाव दिएको छ । प्रधानमन्त्री देउवालाई सुझाव दिँदै प्रतिष्ठानले राजनीतिक वृत्त, नागरिक समाज र स्वास्थ्यकर्मीसहित सबैको सुझाव तथा सल्लाहलाई सम्मान र ग्रहण गर्न सक्ने क्षमता भएको व्यक्तिलाई स्वास्थ्य मन्त्री नियुक्त गर्न आग्रह गरेको छ ।

यस्तै स्वास्थ्य प्रणालीको क्षमता बढाउन, घर र संस्थागत आइसोलेशन तथा क्वरेण्टीनलाई व्यवस्थित गर्न, औषधि तथा अक्सिजन आपूर्ति, प्रभावकारी परीक्षणको व्यवस्था गर्न, सीमा क्षेत्रको आवागमन व्यवस्थित गर्नुपर्ने सुझावहरू समेटिएका छन् ।

प्रतिष्ठानले कोरोना महामारीको समयमा मानसिक समस्यासँगै मुटु, फोक्सोको रोग, मस्तिष्काघात र पखाला लगायतका रोगको उपचारलाई पनि ध्यान दिन सुझाव दिएको छ ।