राजनीति

नयाँ सरकारबाट जनतालाई कुनै आशा छैन : कमल थापा


काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गठबन्धनबाट बनेको नयाँ सरकारबाट जनताले धेरै आशा नगरेको बताउनुभएको छ । बुधवार राप्रपा मकवानपुरद्वारा हेटौंडामा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता षड्यन्त्रमुलक ढंगले लादिएको समेत दाबी गर्नुभयो ।

कांग्रेस कम्युनिस्टबीच वैचारिक, चरित्रगत, नीतिगत भिन्नता नरहेको चर्चा गर्दै थापाले कांग्रेस कम्युनिस्टको विकल्प राप्रपा मात्र हुन सक्ने बताउनुभयो । आन्तरिक विग्रह र संघर्षबाट कम्युनिस्ट टुटफुट हुँदै कमजोर बनेको तथा कांग्रेस कम्युनिस्टकै वैचारिक लाइनमा हिँडेकोले मुलुकले वैकल्पिक शक्ति खोजिरहेको थापाको भनाइ थियो ।