राजनीति

कोरोना महामारी व्यवस्थापन गर्न प्रधानमन्त्री देउवालाई विज्ञको १८ बुँदे सुझाव


काठमाडौँ – नेपालमा कोभिड–१९ महामारीको व्यवस्थापन र तेस्रो लहरको तयारीका लागि भन्दै जनस्वास्थ्य विज्ञहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई १८ बुँदे सुझाव पेश गरेका छन् ।

क्षेत्रीय परिस्थितिले गर्दा केही महिनामा नै कोरोनाको तेस्रो लहर आउने सम्भावना उच्च रहेको भन्दै डा। महेश मास्के लगायत १६ जना जनस्वास्थ्य विज्ञहरुले प्रधानमन्त्री देउवालाई यसको व्यवस्थापनका लागि भन्दै १८ बुँदे सुझाव पेश गरेका हुन् ।