काठमाडौँ – नेपाल भारत मैत्री अस्पतालमा छाति रोग सम्बन्धी सबै उपचार हुने भएको छ । ‘नेपाल चेस्ट, स्लिप तथा सघन कक्षुको उद्घाटन भएसँगै अस्पतालमा छाति रोग सम्बन्धी सबै उपचार हुने भएको हो ।
मनिषा कोइरालाले मंगलबार एक कार्यक्रमका बीच उक्त कक्षको उद्घाटन गरिन् । अस्पतालमा अब छाति रोग सम्बन्धी सबै किसिमको सेवा सर्वसुलभ रुपमा लिन सकिने सेन्टरका प्रमुख तथा छाति रोग विशेषज्ञ प्राडा सुबोध सागर ढकालले बताउनुभयो ।
उनले भने, ‘नेपाल भारत मैत्री अस्पतालमा पहिलो पटक हामीले यो सेवा सुरु गरेका छौँ। अब छाति रोग सम्बन्धी सबै उपचार सेवा सर्वसुलभ रुपमा यहाँ उपलब्ध छन् ।’
१२ आइसीयू र १५ एचडीयूको व्यवस्था गरिएको उनले जानकारी दिनुभयो ।
प्रतिक्रिया