समाचार

नयाँ भेरियन्टले थप डर बढाएको छ : प्रधानमन्त्री देउवा


काठमाडौँ – नेपालमा देखिएको नयाँ भेरियन्टको कोरोना भाइरसको डर बढेको प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् । प्रधानमन्त्री देउवाले कोभिडको पुराना असरबाट उठ्ने प्रयत्न गरे पनि नयाँ भेरियन्टको चर्चाले थप डर बढेको बताएका हुन् ।

आज परेको नेपाल उद्योग परिसंघको १८ औं वार्षिक साधारणसभामा बोल्दै देउवाले यस्तो भनेका हुन् । प्रधानमन्त्री देउवाले कोभिड प्रभावित उद्योग व्यवसाय बचाउन सरकारले राहत प्याकेज ल्याउने पनि बताएका छन् ।
कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माको पनि उपस्थिति रहेको थियो । मन्त्री शर्माले कोभिड प्रभावित अर्थतन्त्र पुनरुत्थान गर्न कोभिड भ्याक्सिनसंगै राहतको प्याकेज ल्याउने बताए ।