राजनीति

‘वरिष्ठ नेता खनालको उपचार खर्च सरकारले व्यहोर्नु गैर कानूनी’


काठमाडौँ – नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको मृगौलामा उपचारका लागि भारतमा रहेका छन् । एमालेको माधवकुमार नेपालका समूह, माओवादी, जनता समाजवादी पार्टी (जसपा) का उपेन्द्र यादव पक्ष लगायतका दलहरुको गठबन्धनबाट प्रधानमन्त्री बनेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले खनालको उपचार खर्च सरकारले बेहोर्ने वाचा दिएका छन् । देउवाको यसै वाचाको कांग्रेसकौ युवा नेता गगन थापाले विरोध जनाएको छ ।

थापाले वरिष्ठ नेता खनालको उपचार खर्च सरकारले बेहोर्न नहुने बताएका छन्। पूर्वस्वास्थ्य मन्त्रीसमेत रहेका थापाले बुधवार सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन्। यसअघि ओली सरकारले गरेको निर्णयको समेत विरोध गरेका उनले व्यक्तिले विदेशमा गरेको उपचार राज्यले बेहोर्ने विषय गैरकानूनी रहेको बताए । यसअघिको सरकारले गरेको गलती यो सरकारले नदोहोर्याउनेमा देउवा सचेत हुने पर्ने भनाई थापाको छ ।

प्रधानमन्त्री देउवाले मंगलवार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्ने क्रममा खनाललाई फोनमार्फत उपचार खर्च सरकारले बेहोर्ने वचन दिएका थिए। खनाल भारतको एपोलो अस्पतालमा उपचाररत छन्।