कोरोना विशेष

६ वर्षमाथिका ६७ प्रतिशत मानिस कोरोनाबाट संक्रमित रहेके आइसीएमआरको दावी


काठमाडौँ – इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आइसीएमआर) ले गरेको एक अध्ययनमा ६ वर्षमाथिका करिब ६७ प्रतिशत मानिस कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि गरेको छ । जुन र जुलाईमा भारतका २१ राज्यका ३६ हजार २२७ जनामा गरेको अध्ययनमा हरेक तीनमा दुईजनामा कोरोना भाइरस एन्टीबडी भेटिएको हो।

यो अध्ययन अनुसार अझै ४० करोड मानिस संक्रमणको जोखिममा रहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ। सावधानिका लागि अपनाइएका प्रतिबन्धात्मक उपायहरुमा खुकुलो बनाउँदै गर्दा संक्रमण थप फैलिन सक्ने भन्दै विज्ञले चेतावनी दिँदै आएका छन्।औपचारिक तथ्यांक यस्तो भए पनि आइसीएमआरले गरेको अध्ययन अनुसार वास्तविक संक्रमितको संख्या निकै धेरै रहेको हुन सक्ने देखिएको हो।

भारतमा हालसम्म तीन करोड १० लाख भन्दा धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यस्तै चार लाख मानिसको ज्यान गइसकेको छ।