राजनीति

प्रधानमन्त्री देउवाले प्रचण्डपत्नी सीताको स्वास्थ्य अवस्थाबारे लिए जानकारी


काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालपत्नी सीताको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । मंगलबार दिउँसो खुमलटार पुगेर प्रधानमन्त्री देउवाले सीताको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको दाहालका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनुभयो ।

देउवा प्रचण्डलाई भेट्न करिब पाँच बजे खुमलटारस्थित उहाँको निवास पुग्नुभएको हो । यसअघि मंगलबार बिहान नै माओवादी अध्यक्ष दाहालले बालुवाटार पुगेर प्रधानमन्त्री देउवासँग भेट गर्नुभएको थियो ।