समाचार

सिमकार्ड लिन जानु पर्ने व्यवस्थाको अन्त्य गर्दै दूरसञ्चार


काठमाडौँ – दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले नागरिकता बोकेर सेवाप्रदायकको कार्यालयमा सिमकार्ड लिन जानु पर्ने व्यवस्थाको अन्त्य गर्ने भएको छ । त्यसका लागि प्राधिकरणले डिजिटल केवाईसी ९नो योर कस्टमर० सिस्टम लागू गर्ने भएको हो ।

प्राधिकरणले चालु आर्थिक वर्ष २०७८र०७९ को बजेटमार्फत उक्त कार्यक्रम तय गरेको हो । जसमा प्राधिकरणले चालु आवको अन्त्यसम्म डिजिटल केवाईसी सिस्टम कार्यान्व्यनमा ल्याउने जनाएको छ । त्यसका लागि प्राधिकरणले ४० करोड बजेट छुट्याएको छ ।

यो सिस्टम लागू भएसँगै ग्राहकले राष्ट्रिय परिचयपत्र नम्बर बुझाएको भरमा कुनै पनि सेवा लिन सक्नेछन् । त्यसका लागि यो सिस्टम सेवाप्रदायकको सिस्टममा समेत जडान गरिने छ ।

साथै कुन ग्राहकले हालसम्म कुन सेवाप्रदायकको कति वटा सिमकार्ड लिएका छन भन्ने विवरण पनि यो प्रणालीबाट थाहा पाउन सकिने जनाइएको छ ।