राजनीति

खोपमा अनियमितता भएको आशंका



काडमाडौँ – नेपालमा भित्रिएका कोभिसिल्ड खोपको लगभग ३ लाख डोज कहाँ प्रयोग भयो भन्ने तथ्यांक स्वास्थ्य मन्त्रालय नभएको बुझिएको छ । नेपाललाई प्राप्त कुल कोभिसिल्ड डोज र हालसम्म प्रयोग भएको उक्त खोपको संख्याबीचको फरक हेर्दा यस्तो देखिएको हो ।

स्वास्थ्य मन्त्रालयको तथ्याकं नआउँदा समस्या भएको दाबी गरे पनि यति ठूलो मात्रामा खोपको हिसाबकिताब नहुँदा अनियमितताको आशंका उब्जेको छ ।
स्वास्थ्य मन्त्रालयको तथ्याकंअनुसार हालसम्म कोभिसिल्ड पहिलो डोज ८९ लाख २८ हजार ४८४ जनाले लगाएका छन् । खोपको दुवै डोज लगाउनेको संख्या ४ लाख ६० हजार ७३४ जनाले लगाएका छ ।

भारत सरकारद्धारा सेरम इन्स्टिच्युटद्धारा उत्पादित १० लाख डोज कोभिसिल्ड खोप गत माघमा प्राप्त भएपछि नेपालले खोप अभियान सुरु गरेको थियो ।