राजनीति

कांग्रेस नेतृत्वको सरकारले लोकतन्त्र र संविधानको रक्षा गर्दै जनपक्षीय काम गर्नेछ : मोहन बस्नेत


काठमाडौँ – नेपाली कांग्रेसका नेता मोहन बस्नेतले कांग्रेस नेतृत्वको सरकारले लोकतन्त्र र संविधानको रक्षा गर्दै जनपक्षीय काम गर्ने बताउनुभएको छ । सोमबार भक्तपुरमा कांग्रेस सिन्धुपाल्चोक जिल्ला क्षेत्र नम्बर १ पार्टी प्रवेश तथा अगुवा कार्यकता भेलामा उहाँले संकटमा परेको लोकतन्त्र र संविधानको रक्षा गर्दै कांग्रेसले जनपक्षीय काम गर्ने बताउनुभएको हो ।

त्यस्तै उहाँले सिन्धुपाल्चोकमा क्रियाशील सदस्यता वितरणमा भेद्भाव भएको आरोप पनि लगाउनुभयो ।