देश

५ बुँदे माग पूरा नभए सत्याग्रह थाल्ने डा. गोविन्द केसीको चेतावनी


काठमाडौँ – चिकित्सा शिक्षा सुधारका अभियान्ता डा. गोविन्द केसीले ५ बुँदे माग राख्नुभएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन भएको र प्रधानमन्त्री देउवाले विश्वासको मत समेत लिइसकेपछि डा. केसीले चिकित्सा शिक्षा सुधारसँग सम्बन्धित ५ बुँदे माग राख्नुभएको हो ।

डा. केसीले सोमबार पत्रकार सम्मेलन गरी स्वास्थ्य र मेडिकल शिक्षा क्षेत्रमा रहेका समस्या समाधानका लागि ५ बुँदे माग अघि सार्नुभएको हो । डा. केसीले सरकार परिवर्तन भएपछि आफ्ना मागबारे जानकारी दिन र मेडिकल माफियालाई खबरदारी गर्न आवश्यक भएको बताउनुभयो । उहाँले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भइरहेको आन्दोलनका सबै मागहरु पूरा गनुपर्ने भनेर आफ्ना ५ बुँदे मागको पहिलो नम्बरमा राख्नुभएको छ ।

भ्रष्टाचार प्रमाणीत भएका पदाधिकारीलाई तत्काल पदमुक्त गर्न, राजनीतिक भागबण्डाका आधारमा नभइ योग्यता र क्षमताका आधारमा पदाधिकारी नियुक्त हुनुपर्ने पनि उहाँको माग छ । आफ्ना मागहरु पूरा नभए सत्याग्रहसहित आन्दोलनका कार्यक्रमहरु ल्याउन बाध्य हुने डा केसीको चेतावनी छ ।