राजनीति

एमालेको माधव समूहका नेताहरु छलफलमा


काठमाडौँ – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु छलफलमा जुटेका छन् । नेपाल पक्षका नेताहरु अध्यक्ष केपी शर्मा ओलीले बोलाएको केन्द्रीय कमिटी बैठकमा नजाने निर्णय गरेका थिए । नेपाल पक्षका नेताहरुको छलफल डल्लुमा चलिरहेको एक नेताले जानकारी दिए ।

आइतबार माधव नेपाल सहित २२ जनाले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका थिए । देउवालाई विश्वासको मत दिने सांसदहरुलाई अध्यक्ष ओलीले २४ घण्टे स्पष्टीकरण पनि सोधेका छन् ।