कोरोना विशेष

काठमाडौँ उपत्यकामा थप ४७४ जनामा कोरोना पुष्टि


काठमाडौँ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यसमध्ये काठमाडौँमा ३३०, ललितपुरमा ५६ र भक्तपुरमा ८८ जना संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार आज मात्रै देशभर २ हजार ४४५ जना कोरोना संक्रमित थपिएका छन् भने ३२ जनाको मृत्‍यु भएको छ ।