खेलकुद

एएफसी महिला एसियन कप छनोटका लागि नेपाली टोलीको बन्द प्रशिक्षण सुरु


काठमाडौँ – नेपाली राष्ट्रिय महिला फुटबल टोलीले एएफसी महिला एसियन कप २०२२ छनोटका लागि सोमबारबाट प्रशिक्षण सुरु गरेको छ । एएफसी महिला एसियन कप २०२२ को छनोटका लागि मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले बन्द प्रशिक्षणमा ४५ खेलाडीलाई बोलाएका अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । गत फागुनमा भएको राष्ट्रिय लिगमा गरेको प्रदर्शनका आधारमा बन्द प्रशिक्षणका खेलाडी छनोट गरिएको हो ।

मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले गत बुधबार ४५ खेलाडीलाई बन्द प्रशिक्षणका बोलाएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । महिला टोलीमा सावित्रा भण्डारी भने परेकी छैनन् । उनी कतारमा उपचाररत छिन् । एएफसी महिला एसियन कप–२०२२ छनोटमा नेपाल समूह ‘एफ’मा छ । नेपालको समूहमा फिलिपिन्स र हङकङ छन् । एएफसीले छनोटको प्रारम्भिक मिति सेप्टेम्बर १३ देखि २५ तारिख (भदौ २८ देखि असोज ९ गते)लाई तोकेको छ । समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ ।

(बन्द प्रशिक्षणमा परेका खेलाडी)

अन्जना राना मगर, एन्जिला सुब्बा, उषा नाथ, सावित्री किसन, सपना राई, रेनुका नगरकोटी, सरु लिम्बु, अनिता बस्नेत, अनिता केसी, गीता राना, अन्जली योन्जन, प्रिती राई, निशा थोकर, सिर्जना चेम्जोङ, हिरा भुजेल, रबिना गोले, सुष्मा तामाङ, पुनम जर्घा मगर, कविता धिमाल, सुनिता चौधरी, विमला बिक, दीपा राई, सपना लामा, रश्मी घिसिङ, शर्मिला थापा, इन्द्र राई, विमला चौधरी, अमृता जैसी, घिम कुमारी गुरुङ, सिर्जना खड्का, निर्मला बिक, मनिषा राउत, पूजा राना, निर्मला उपाध्याय, रेखा पौडेल, दीपा न्यौपाने, सिवानी कुश्वर, सरस्वती हमाल, अमिशा कार्की, कुशुम खतिवडा, सिर्जना सिंह, सविता राणा, रजनी थोकर, सलोनी राना मगर र चुम्लुङमा राई ।