कोरोना विशेष

जोनसोन खोप अनिवार्य गरेका मुलुक जाने नागरिकलाई पासपोर्ट र भिसाका आधारमा खोप दिइने


काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जोनसन एण्ड जोनसनको खोप अनिवार्य गरेका मुलुकहरुमा जाने नागरिकलाई पनि कोरोना विरुद्धको जोनसेको खोप दिने भएको छ । जोनसन खोप अनिवार्य गरेका मुलुकहरुमा जान लागेका व्यक्तिहरुलाई पासपोर्ट र भिसाका आधारमा खोप दिइने जनाएको हो ।

अमेरिकाले नेपाललाई दिएको १५ लाख डोज जोनसन एण्ड जोनसनको जोनसेन खोप सोमबारदेखि ५० देखि ५५ वर्ष उमेर समूहका नागरिक, ‘क’ र ‘ख’ वर्गका अपांगता भएका नागरिक स्वास्थ्यकर्मी तथा हाल नेपालमा बसोबास गरिरहेका शरणार्थीलाई दिइँदैछ । मन्त्रालयले जोनसोनको खोप अनिवार्य गरेका मुलुक जान लागेका नागरिकलाई पनि खोप दिइने जनाएको छ ।