राजनीति

एमाले केन्द्रीय कमिटी बैठक सुरु,पूर्वमाओवदी नेताहरु पनि सामेल


काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाएका छन्। सो बैठकमा पूर्वमाओवादीबाट छुटेका नेताहरु पनि सहभागी भएका छन् ।


एमाले एकताका लागि गठन गरिएको कार्यदलको सहमतिमा नेता माधवकुमार नेपालसहित उनी पक्षीय केही नेताहरुले चित्त बुझाएका छैनन् । तर नेपाल पक्षीय नेताहरु नै सम्मिलित कार्यदलले जुटाएको सहमतिलाई पारित गरेको अवस्थामा त्यसैका आधारमा बैठक बोलाइएको केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बताए।

तर यो बैठकमा नेपाल पक्षका कुनै पनि नेताहरु संलग्न छैनन्। नेपाल पक्षबाट कार्यदलमा सदस्य रहेकाहरु पनि बैठकमा संलग्न भएका छैनन्। केही बेरअघि सुरु भएको बैठकलाई ओलीले १० औँ केन्द्रीय कमिटी बैठक भनेका छन्।