समाचार

देउवाले खोप केन्द्रको अनुगमन गर्ने


काठमाडौँ – आजदेखि काठमाडौँमा आजदेखि कोरोनाविरुद्धको अमेरिकी खोप जोन्सन लगाउने भएछि प्रधानमन्त्री शेरबहादुर देउवाले खोप केन्द्रहरुको अनुगमन गर्ने भएका छन् ।
अमेरिकी खोप लगाउनका लागि स्थापना गरिएको खोप केन्द्रहरु त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल र ललितपुरको पाटन अस्पतालको अनुगमन गर्न लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्रीले हिजो आइतबार नै स्वास्थ्य मन्त्रालयका उच्च अधिकारी तथा जिल्ला स्वास्थ्य प्रमुखहरुसँग भेटेर खोप कार्यक्रमका लागि केन्द्र र जनशक्ति थप गरी व्यवस्थित गर्न निर्देशन दिएका थिए ।

अमेरिकाले नेपाललाई जोन्सन एन्ड जोन्सनको १५ लाख ३४ हजार ८५० डोज खोप उपलब्ध गराएको थियो । अमेरिकी खोप निर्माता कम्पनी जोन्सन एण्ड जोन्सनले उत्पादन गरेको जेन्सेन खोप एक मात्रा लगाए पुग्छ ।