काठमाडौँ – काठमाडौँमा आजदेखि कोरोनाविरुद्धको अमेरिकी खोप जोन्सन लगाउनका लागि ४४ वटा खोप केन्द्र छुट्याएको छ । विश्व स्वास्थ्य संगठनको कोभ्याक्स सुविधा मार्फत अमेरिकाले नेपाललाई यो खोप उपलब्ध गराएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उक्त खोप ५० देखि ५४ वर्षका उमेर समूहलाई लगाउने जनाएको छ । त्यसै गरी पूर्ण र अति अशक्त अपांगता भएका नागरिक, नेपालमा बसोबास गरिरहेका शरणार्थी र यसअघि खोप लगाउन छुटेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाइकर्मीले समेत यो खोप लगाउन पाउने छन् ।
अमेरिकाले नेपाललाई जोन्सन एन्ड जोन्सनको १५ लाख ३४ हजार ८५० डोज खोप उपलब्ध गराएको थियो । अमेरिकी खोप निर्माता कम्पनी जोन्सन एण्ड जोन्सनले उत्पादन गरेको जेन्सेन खोप एक मात्रा लगाए पुग्छ ।
प्रतिक्रिया