राजनीति

देउवालाई मोदको बधाई र शुभकामना


काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्मा विश्वासको मत प्राप्त गरेलगत्तै भारतीय समकक्षी नरेन्द्र मोदीले बधाई र शुभकामना दिनुभएको छ । मोदीले आइतबारराति साढे १० बजे सामाजिक सञ्जाल ट्वीटरमार्फत देउवालाई बधाई र सफल कार्यकालको शुभकामना दिनुभएको हो ।

दुई देशबीच सबै क्षेत्रहरूमा रहँदै आएको विशिष्ट साझेदारीलाई थप विस्तार गर्न र जनस्तरको गहिरो सम्बन्धलाई थप सुदृढ बनाउन सहकार्यको अपेक्षा गरेको मोदीले बताउनुभएको छ । मोदीले फोन गरेर पनि बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ ।