राजनीति

देउवाको पहिलो प्राथमिकतामा कोरोनाविरुद्धको खोप


काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको प्राथमिकतामा कोरोनाविरुद्धको खोप भएको बताउनुभएको छ । हिजो आईतबार विश्वासको मत लिने क्रममा संसद्मा उठेका प्रश्नको जवाफ दिँदै देउवाले सरकारको पहिलो, दोश्रो र तेश्रो प्राथमिकता कोरोना खोप भएको बताउनुभएको हो ।

देउवाले सरकार पक्षले कहिल्यै विपक्षलाई आक्रमण गर्नु नहुनेसमेत बताउनुभयो । उहाँले केपी ओलीले नै राष्ट्रपति विद्यादेवी भण्डारीलाई संसद् विघटन गर्न बाध्य बनाएको बताउनुभयो । विकास भन्दा पहिला नागरिकको जीवन रक्षा भएको बताउँदै उहाँले लिम्पियाधुरासहितको नेपालको राजनीतिक नक्शा पारित गरेको जस एमाले एक्लैले लिन नहुने बताउनुभयो । मधेशको मुद्धामा समेत आफू छलफलका लागि तयार रहेको उहाँको भनाइ छ ।