राजनीति

प्रदीप ज्ञवालीद्वारा संविधानको अपव्याख्या


काठमाडौँ – नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले संविधानको धारा ७६(५) को अपव्याख्या गरेर शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरिएको जिकिर गर्नुभएको छ । हिजो आईतबार देउवाले विश्वासको मत लिने क्रममा दलीय आधारमा धारणा राख्दै ज्ञवालीले संविधानको अपव्याख्या गरेर प्रधानमन्त्री नियुक्त गरिएको जिकिर गर्नुभएको हो । उहाँले निर्दलीय व्यवस्थालाई जस्केलाबाट छिराउने काम भएको पनि बताउनुभयो ।

ज्ञवालीले नेपालको संसदीय इतिहासमा दलहरुको विभाजनले सरकार गिराउने, लोकतन्त्र कमजोर गर्ने र संसदीय व्यवस्था प्रति नै वितृष्णा जगाउने इतिहास स्थापित भएको बताउनु भएको थियो । उहाँले आफुहरु प्रतिपक्षमा बस्नु सामान्य भएको पनि बताउनुभयो । सर्वोच्च अदालतको फैसलाले शक्तिपृथकिकरणको सिद्धान्त भत्किएको उहाँको दाबी रहेको छ ।