विदेश

सिरियाका राष्ट्रपतिमा निर्वाचित बसर अल असदले लिए सपथ


काठमाडौँ – सिरियाका राष्ट्रपतिमा निर्वाचित बसर अल असदले सपथ लिएका छन् । राष्ट्रपति पदका लागि भएको चुनावमा विपक्षीहरुले बहिष्कार गरेपछि असद भारी मतले विजयी भएका थिए । असदले राष्ट्रपति भवनमा चौथौ कार्यकालका लागि शपथ लिएका हुन ।

सपथ ग्रहण समारोहमा सिरियाका प्रभावशालि धार्मिक नेता एवं सिरियाली सेनाका अधिकारीहरु सहभागी थिए । सन् २००० देखि राष्ट्रपति पदमा रहेका उनको कार्यकालमा भएको हिंसामा लाखौं सर्वसाधारणका ज्यान गइसकेको छ ।