राजनीति

प्रधानमन्त्री देउवाले उपत्यकाभित्रका खोप केन्द्रहरूको स्थलगत अनुगमन गर्ने


काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार काठमाडौँ उपत्यकाभित्रका खोप केन्द्रहरूको स्थलगत अनुगमन गर्ने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्तिमार्फत सोमबार बिहान १० बजे प्रधानमन्त्री देउवा खोप केन्द्रमा जाने उल्लेख गरेको छ ।

शिक्षण अस्पताल, वीर अस्पताल, पाटन अस्पताललगायतमा पुगेर प्रधानमन्त्री देउवाले खोप केन्द्रको अनुगमन गर्ने विज्ञप्तिमार्फत जानकारी गराइएको छ । आजै प्रधानमन्त्री देउवाले स्वास्थ्य सचिवलगायतलाई बोलाएर खोप केन्द्रहरू वृद्धि गर्न पनि निर्देशन दिएका छन् ।