राजनीति

सरकारमा थपिए माओवादी केन्द्रका २ मन्त्री


काठमाडौँ – प्रदेश नम्बर २ सरकारमा माओवादी केन्द्र प्रवेश गरेको छ । आज माओवादीबाट एक मन्त्री र एक राज्यमन्त्रीले सपथ लिएका छन् ।

प्रदेश २ सरकारमा माओवादी केन्द्रबाट भरत प्रसाद साह र रुवी कर्णले मन्त्री पदको शपथ लिएका हुन् । नवनियुक्त मन्त्री साहलाई प्रदेश प्रमुख राजेश झाले र राज्यमन्त्री कर्णलाई मुख्यमन्त्री लालबाबु राउतले शपथ ग्रहण गराएका हुन् ।

साहलाई आन्तरिक मामिला तथा सञ्चारमन्त्रीको जिम्मेवारी दिइएको छ । कर्णलाई आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्रीको जिम्मेवारी दिइएको हो ।