राजनीति

एमाले दोस्रो तहका नेताहरु आन्तरिक छलफलमा


काठमाडौँ – नेकपमा एमालेका दोस्रो तहका नेताहरु पार्टीको विवाद समाधानका लागि नेकपा एमालेका नेताहरु छलफलमा जुटेका छन् । उनीहरु एमाले संसदीय दलको कार्यालयमा आन्तरिक छलफलमा जुटेका हुन् ।

कार्यदलले तयार पारेको १० बुँदे प्रस्ताव कार्यान्वयन गर्दै कसरी पार्टी एकता गर्ने भन्ने विषयमा छलफल केन्द्रित भएको बताइएको छ । समस्या समाधानका लागि गठित कार्यदल भङ्ग भए पनि छलफल गर्दै जाने एमालेले बताएको थियो । हिजो बसेको एमाले स्थायी कमिटी बैठकले कार्यदल भङ्ग गर्दै छलफललाई भने निरन्तरता दिने निर्णय गरेको थियो ।

छलफलमा केपी ओली पक्षका नेताहरु सुभाषचन्द्र नेम्वाङ, प्रदीप ज्ञवाली, विष्णुप्रसाद पौडेल, शंकर पोखरेल, पृथ्वीसुब्बा गुरूङ तथा माधव नेपाल पक्षका नेता भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, भीम आचार्य, गोकर्ण बिष्ट, रघुजी पन्तलगायत नेता सहभागी छन् ।

पृथ्वीसुब्बा गुरुङ बैठकबाट बाहिरिएका छन् भने शंकर पोखरेल केही समय अगाडि सहभागी भएका छन् ।