राजनीति

संसद् अधिवेशनका लागि तयारी तीव्र


काठमाडौँ – संसद् सचिवालयले आइतबार बिहानसम्म संसद् अधिवेशनका लागि सबै तयारी पूरा गर्ने जनाएको छ। प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आइतबारबाट सुरु हुने भएपछि संसद् सचिवालयको तयारी तीव्र रुपमा अगाडी बढेको छ ।

तयारीका लागि भन्दै प्रत्येक सांसदको दुई सिटको फरकमा भौतिक दूरी कायम गरेर बैठक बस्ने व्यवस्था मिलाइ सकिएको संसद् सचिवालयले जनाएको छ। जसबाट प्रतिनिधि सभामा २९ जना सांसदलाई दर्शक दिर्घामा राखिने भएको छ। ‘कांग्रेस र माओवादी र ओली समूहको एमाले बाहेक अन्य दलको कित्ता स्पष्ट भएको छैन।

संसद्को अधिवेशन आइतबार ४ बजे आह्वान भएको छ। अधिवेशन तयारका लागि अहिले प्रतिनिधिसभा र राष्ट्रिय सभामा सत्ता पक्ष र प्रतिपक्षको सिट छुट्याउने र सांसदको कोरोना परीक्षण गर्ने कार्य अझै बाँकी छ।