काठमाडौँ – पश्चिमी युरोपमा पछिल्लो केही दशक यताकै भीषण बाढीका कारण कम्तीमा १२० जनाको मृत्यु भएको छ । थप सयजना भन्दा धेरै बेपत्ता रहेका छन् । भारी वर्षाका कारण नदीहरुमा पानीको सतह बढि तटीय क्षेत्रहरुमा ठूलो बाढी आएको हो ।
बाढीका कारण सबैभन्दा धेरै प्रभावित भएको जर्मनीमा मात्र एक सय भन्दा धेरैको मृत्यु भएको छ । जर्मन चान्सलर एंगेला मर्केलले जलवायु परिवर्तनसँग जुध्नका लागि ठोस कदम चाल्नु पर्ने बताएकी छिन् । यस्तै बेल्जियममा बाढीका कारण कम्तीमा २० जनाको मृत्यु भएको छ । नेदरल्याण्ड्स, लग्जेम्बर्ग र स्वीट्जरल्याण्डमा पनि बाढीले जनजीवन प्रभावित गरेको छ ।
बाढी आउनुका विभिन्न कारण रहे पनि जलवायु परिवर्तनका कारण बढ्दो तापक्रमले गम्भीर र बिनासकारी बनाएको बताइएको छ । औद्योगिक युग सुरु भएयता विश्वको तापक्रम १.२ डिग्री सेल्सियस बढिसकेको छ । कार्बन उत्सर्जन ठूलो मात्रामा कटौति नगरेमा तापक्रम बढ्दै जाने वैज्ञानिकहरुले बताउँदै आएका छन् ।
प्रतिक्रिया