राजनीति

एमाले एकताका लागि बनाएको कार्यदल विघटन


काठमाडौँ – एमाले स्थायी कमिटी बैठकले पार्टी एकता कायम गर्न गठित १० सदस्यीय कार्यदलले तयार पारेको १० बुँदे सहमति अनुमोदन गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले सहमति ग्रहण गर्दै कार्यदललाई धन्यवाद दिदै कार्यदल विघटन गरेको छ

शुक्रबार ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिस्ठान च्यासलमा बसेको बैठकले कार्यदल विघटन गर्ने निर्णय गरेको हो ।