राजनीति

एमाले स्थायी कमिटी बैठकको निर्णय; सरकारलाई विश्वासको मत नदिने


काठमाडौँ – नेकपा एमालेले सरकारलाई समर्थन नगर्ने र विश्वासको मत नदिने निर्णय गरेको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आयोजित एमाले स्थायी कमिटीको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकमा अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरु मात्र उपस्थित भएका थिए । माधव नेपाल समूहका पक्षले बैठक रोक्न आग्रह गरे पनि बैठक नरोकिने भएपछि उनीहरु बैठक छोडेर बाहिरिएका थिए ।