देश

नर्भिक अस्पतालले पायो नयाँ नेतृत्व


काठमाडौँ – नर्भिक इन्टरनेशनल हस्पिटलले नयाँ नेतृत्व पाएको छ । अस्पतालले नयाँ नेतृत्व पाएसँगै अध्यक्षमा राजेन्द्रबहादुर सिंह र प्रमुख कार्यकारी अधिकृत(सीईओ)को जिम्मेवारी मा अजयकुमार मिश्र नियुक्त भएका हुन् । अस्पतालको संचालक समितिको बैठकले उनीहरुलाई नियुक्त गरेका हुन् ।

अध्यक्षमा नियुक्त भएका सिंह यसअघि नर्भिक अस्पतालको कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए। उनलाई बढुवा गरी संचालक समितिको अध्यक्ष बनाइएको हो । अध्यक्षमा नियुक्त सिंह एक दशकभन्दा लामो समयदेखि नर्भिकमा आबद्ध छन्। उनी नर्भिकमा आउनुअघि नेपाल प्रहरीको एआर्इजीबाट अवकाशप्राप्त हुन्।

यसैगरी, नर्भिक अस्पतालको प्रमुख कार्यकारी सीइओमा नियुक्त अजय मिश्र बैंकर हुन्। उनी यसअघि युनाइटेड फाइनान्समा सीइओ पदमा कार्यरत थिए। नर्भिक अस्पतालको नेतृत्व परिवर्तन भए पनि मुख्य लगानी भने बीएलसी होल्डिङ्सकै कायम रहने जारी विज्ञप्तिमा उल्लेख छ।