राजनीति

बाबुराम भट्टराईलाई भेट्न टोखा पुगे विप्लव


काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच भेटवार्ता भएको छ । भट्टराई र विप्लवबीच शुक्रबार बिहान भट्टराईको निजी निवास टोखामा भेट भएको हो ।

उक्त भेटमा विप्लपका साथ धर्मेन्द्र बाँस्तोला र भट्टराईकी पत्नी हिसिला यमी पनि सहभागी थिइन् । अहिले समसामयिक राजनीति, अबको बाटोका साथै सरकार र नेकपाबीच भएको सहमतिको कार्यान्वयनका सन्दर्भमा कुराकानी भइरहेको भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले जानकारी दिए ।

ओलीको सरकार हटेपछि विप्लव राजनीतिक भेटवार्तामा सक्रिय रहेको छ । उसले यसअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि भेट गरेको थियो ।