काठमाडौँ – राष्ट्रिय जल तथा मौसम पूर्वानुमान अनुसार शुक्रबार बिहानैदेखि काठमाडौँ उपत्यकालगायत केही जिल्लामा मौसम पहिलेको तुलनामा परिवर्तन भइ सामान्य बदली भएको छ ।
महाशाखाले आज देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गर्दै उच्च पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र चट्याङको सम्भावना रहेको जनाएको छ । त्यस्तै, दिउँसो पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी तथा गण्डकी प्रदेशका एक–दुई स्थानहरुमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।
सुदूरपश्चिमका केही ठाउँमा अहिले हल्कादेखि मध्यमखालको पानी परिरहेको छ । दिउँसो पछि भने ठूलो पानी पर्ने सम्भावना छ । मनसुनी वायु पश्चिमी क्षेत्रतर्फ सरिरहेकाले त्यहाँ लगातारजसो ठूलो पानी पर्ने जनाएको छ । अबको तीन दिन नै लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ ।
त्यसैगरी राति पनि देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश २, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका केही थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
प्रतिक्रिया