काठमाडौँ – राजनीतिक दलका नेता तथा कार्यकर्ताको गतिविधि र जनताको व्यवहार हेर्दा देशमा कोरोना महामारी नरहेको भान हुन्छ । तर, विज्ञहरूले कोरोनाको जोखिम अझै घटिनसकेको बताएका छन् । तर, पक्ष र विपक्षमा आन्दोलनको लहर नै चलेको छ । यसले कोरोना महामारीको जोखिम बढ्ने निश्चिछ छ ।
थोरै संख्यामा पीसीआर परीक्षण गर्दा पनि दिनहुँ देखिएका संक्रमितको संख्या हेर्दा नेपालमा कोरोनाको जोखिम घटिसकेको छैन । संक्रमणकै कारण मृत्यु हुने क्रम पनि रोकिएको छैन । नयाँ स्वरूपको भाइरसको चर्चा चुलिएका वेला प्रदर्शन र आन्दोलन चल्न थालेको छ ।
कोरोना महामारीलाई रोक्न भन्दै लकडाउन र निषेधाज्ञा जारी गराएका तत्कालिन प्रधानमन्त्री केपी ओलीले बालुवाटारबाट बाहिरिँदा आफैले बनाएको नियमको धज्जी उडाए । ओली सरकारकै पालामा काठमाडौं उपत्यकामा बिहीबार मध्यरातिसम्म निषेधाज्ञा लगाएइको छ । तर, सत्ताच्युत भएपछि ओलीले आफैँले बनाएको नियम आफैले पालना गरेनन् । भिडम्भीड गरेर बालुवाटारबाट बालकोट सरे । स्वास्थ्य मापदण्डलाई सामान्य रुपमा पनि ख्याल गरेको देखिएन ।
सरकारले भने बारम्बर भीड नगर्न आग्रह गर्दै आएको छ । तर, पछिल्लो समय विभिन्न बाहनामा भीडभाड बढ्दो छ ।
काठमाडौंका सडकचोकमा सर्वसाधारणको भिडभाड पनि उस्तै छ । गत वर्ष पनि राजनीतिक दलको आन्दोलन र सर्वसाधारणको असावधानीका कारण दोस्रो लहरको कोरोना फैलिएको थियो । पहिलो लहरमा भन्दा दोस्रो लहरमा धेरै क्षति भयो । अहिले विज्ञहरूले तेस्रो लहरको चेतावनी दिइरहेका छन् । विषेश ध्यान नदिने हो भने जोखिम बढ्ने विज्ञहरु बताउछन् ।
कोरोनाका नयाँ नयाँ प्रकार देखिएका बेला विशेष सतर्कता अपनाउन जरुरी छ । अझ नीति निर्माण तहमा बसेकाहरूले त जनतालाई सन्देश दिनका लागि पनि विषेश ख्याल गर्नुपर्छ ।
प्रतिक्रिया